रेडियो सारथी बागलुङ जिल्लाको सदरमुकाम बाहिर स्थापित पहिलो सामुदायिक रेडियो हो, जुन बडिगाड गाउँपालिका–२, खर्वाङबाट १०७.४ मेगाहर्जमा प्रसारण हुन्छ। यसले स्थानीय समाचार, जनचेतनामूलक सामग्री र मनोरञ्जनात्मक कार्यक्रम पस्कन्छ र स्थानीय कला–संस्कृतिको संरक्षणमा काम गर्छ।
