रेडियो झुलेनी १०४.७ मेगाहर्ज प्यूठान जिल्लाको प्यूठान नगरपालिका–४ (विजुवार) मा मुख्य कार्यालय रहेको स्थानीय एफ.एम. स्टेसन हो, जसलाई झुलेनी युनाइटेड नेटवर्क प्रा.ली.ले सञ्चालन गर्छ। स्टेसनले स्थानीय समाचार, सूचना, बहस तथा अन्तर्वार्ता र नेपाली संगीत प्रसारण गर्छ।
