
इच्छाकामना एफएम १०२.४ मेगाहर्ज चितवनको कुरिनटारमा (इच्छाकामना गाउँपालिका–४) स्टुडियो रहेको सामुदायिक रेडियो हो, जसलाई दारेचोक सञ्चार सहकारी संस्था लिमिटेडले सञ्चालन गर्छ । यसले दैनिक १८ घण्टा स्थानीय समाचार, सूचना र मनोरञ्जनमूलक कार्यक्रम प्रसारण गर्छ र वेबसाइटमार्फत विश्वभर सुन्न सकिन्छ । २०७५ साउन १ गतेदेखि रेडियो मनकामना १०२.४ को नाम परिवर्तन गरी इच्छाकामना एफएम बनाइएको हो ।