
तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्ज तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडाबाट प्रसारण हुने स्थानीय एफएम हो। दैनिक आफ्नै उत्पादनका छ पटकसम्म समाचार तथा स्थानीय सरोकार, कानुन, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा र व्यवसाय लक्षित कार्यक्रम प्रसारण गर्छ। तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा र नवलपरासीका श्रोतासम्म पुग्ने गरेको छ।