
सामाजिक विकास समूह नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो, जसले बझाङको चैनपुरबाट १००.६ मेगाहर्जमा प्रसारण गर्छ र बझाङका सबै पालिकासँगै सुदूरपश्चिमका नौ जिल्लासम्म पुग्छ। नेपाली तथा स्थानीय बझाङी भाषामा समाचार, सूचना, शैक्षिक र मनोरञ्जनात्मक कार्यक्रम दैनिक बिहान ५ बजेदेखि राति १० बजेसम्म प्रसारण हुन्छ।