
रेडियो सुदूरआवाज (Radio Sudoorawaz) डडेल्धुरा जिल्लाको अमरगढीमा रहेको ९५ मेगाहर्जको गैरनाफामुखी सामुदायिक रेडियो हो। परिवर्तनका लागि सञ्चार समुह नेपालद्वारा सञ्चालित यस रेडियोले सुदूरपश्चिम र मध्यपश्चिमका १८ लाखभन्दा बढी श्रोतालाई लक्षित गरी दैनिक १८ घण्टा समाचार, कला-संस्कृति तथा डोटेली भाषाका कार्यक्रमहरू प्रसारण गर्दछ।